Wednesday, September 6, 2017

// // Leave a Comment

जैविक विविधता भन्नाले के बुुुझिन्छ? नेपालमा जैविक विविधता संरक्षणका उपायहरुबारे चर्चा गर्नुहोस्।


जैविक विविधता भन्नाले के बुुुझिन्छ? नेपालमा जैविक विविधता संरक्षणका उपायहरुबारे चर्चा गर्नुहोस्।
जैविक भनेको जीवहरु हो। यसमा प्राणी, वनस्पती पर्दछन्। विविधता भनेको भिन्नता, फरकपन वा किसिम हो। अतः जीवित प्राणी, वनस्पति बिचको भिन्नता, किसिम एवम् फरकपनलाई जैविक विविधता भनिन्छ।कुनै एक स्थानको वन क्षेत्रमा वनस्पति, पशुपंशी र अन्य जीवहरु रहेका हुन्छन्। यो जैविक विविधता हो।

नेपालमा जैविक विविधता संरक्षणका उपायहरु
जीवित प्राणी एवं वनस्पतहरुको बासस्थान र तिनको वंशाणुगत गुणको जर्गेना गर्नु जैविक विविधता संरक्षण गर्नु हो। हिमाल, पहाड र तराईमा विभक्त नेपालको
प्रत्येक प्रदेशमा जैविक विविधता पनि भिन्नता छ। यिनको संरक्षण गर्नु आवश्यक छ। यसका लागि निम्न उपायहरु अवलम्बन गर्नुपर्दछः


  • नेपालको प्रत्येक भौगोलिक क्षेत्रमा अवस्थित जैविक विविधताको अध्ययन गरी प्रत्येक जीवजन्तुहरुको स्थिति, वासस्थान, अवस्थावारे जानकारी लिई सोहि अनुसार संरक्षणका कार्यक्रम तर्जुमा गरी लागू गर्ने,
  • जैविक विविधताको संरक्षणमा स्थानिय संघसंस्था, समुदायको सक्रिय सहभागिता बढाउने,
  • जैविक विविधताको महत्वबारे जनचेतना वृद्धि गर्ने,
  • वनजंगल जोगाउने, हरियाली बढाउने,
  • वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्ने,
  • वनसम्पदाको प्रयोगमा कटौती गर्ने,
  • वन्यजन्तुको संरक्षण गर्ने,
  • रासायनिक मल एवं कीटनाशक औषधिको प्रयोग कम गर्दै जाने,
  • जैविक विविधताको संरक्षण गर्न कानुन तर्जुमा गरी कार्यन्वयन गर्ने,
  • धार्मिक एवं साँस्कृतिक परम्परको उपयोग गरेर पनि जैविक विविधताको संरक्षण गर्ने, जस्तैः वर, पिपल, तुलसी, वेल, रुद्राक्ष आदिको जर्गेना।
If You Enjoyed This, Share this article with your Friends

New Blogger Widget

0 comments:

Post a Comment