सुशासन भन्नाले के बुझिन्छ? नेपालमा सुशासन कायम गर्न नसक्नुका चुनौती र समाधानका उपायहरु उल्लेख गर्नुहोस्?
राज्यले नागरिकलाई उपलब्ध गराउने सेवा सुविधाहरु सरल, छिटो छरितो एवं न्यायिक तरिकाले उपलब्ध गराई नागरिकलाई शासनको सुखद् अनुभूति दिलाउने कार्यलाई सुशासन भनिन्छ। सुशासन एउटा यस्तो शासन व्यवस्था हो, जसमा कानुनको पूर्ण परिपालना हुन्छ, दण्डहीनताको अन्त्य हुन्छ, जनमुखी एवं पारदर्शी सरकार हुन्छ, विकासले गति लिएको हुन्छ, अनुशासनको पालना हुन्छ। यी र यस्तै कार्य हुँदै जाँदा अन्ततोगत्वा शासन व्यवस्था सुव्यवस्थित हुन्छ। यो नै सुशासन हो। सुशासन सम्बन्धमा विश्व बैँकले कानुको शासनलाई जोड दिएको पाइन्छ।
नेपालमा सुशासन कायम गर्न नसक्नुका चुनौती
शासन व्यवस्थाको सवलीकरण गरी जवाफदेही बनाउने कार्य सुशासन हो। नेपालमा सुशासन कायम गर्न कानुनी र संस्थागत व्यवस्था गरिएको छ र पनि मुलुकमा सुशासन कायम हुन सकेको पाइदैन्। नेपालमा मूलतः राजनीति अस्थिर भयो, अस्थिर राजनीतिले सरकार स्थिर हुन सकेन, सरकार अस्थिर हुँदा नीति अस्थिर हुन पुगे, राजनैतिक दल जनताप्रति जिम्मेवार र जवाफदेही हुन सकेनन्। जसले गर्दा सुशासन कायम हुन सकेन। यो नै नेपालमा सुशासन कायम गर्न नसक्नुको प्रमुख चुनौति हो।
अरु चुनौति निम्न छन्ः
- ऐन नियम कानुनको पूर्ण पालना हुन नसक्नु
- सुशासन कायम गर्ने संस्थाहरु कमजोर हुनु,
- मुख्यरुपमा निजामति सेवा सबल सक्षम हुन नसक्नु,
- विकेन्द्रीकरण प्रभावकारी हुन नसक्नु,
- स्थानीय निकाय र केन्द्रिय निकाय वीच समन्वय हुन नसक्नु,
0 comments:
Post a Comment