कानुनका प्रमुख स्रोतहरु के के हुन ? व्यवस्थापिका निर्मित कानुनलाई किन अन्य कानु भन्दा महत्वपूर्ण मानिन्छ?
कानुनका प्रमुख स्रोतहरु
कानुन प्राप्ति हुने मुहान वा ठाउँ कानुनका स्रोत हुन्। कानुनका प्रमुख स्रोतहरु निम्न छन्ः
- विधायनः विधायिका आफैँले बनाएको कानुन र विधायिकाले दिएको अधिकार प्रयोग गरेर कार्यपालिकाले बनाएको कानुन विधायन हो र ऐन नियम यस अन्तर्गत पर्दछन्। यो कानुनको आधिकारिक स्रोत हो।
- नजीरः अदालतले निर्णय गर्दा लिएको सिद्धान्त नजीर हो। नजीर अदालतले निर्माण गर्दछ।
- प्रथाः जनताले स्वेच्छाले विगतदेखि निरन्तरपमा मान्दै आएको व्यवहार प्रथा हो। प्रथाले कानुनको रुप ग्रहण गर्न प्रथा पुराने, तर्कयुक्त एवं सबैले मानेको हुनु पर्दछ।
- व्यवसायिक कथन वा प्राज्ञिक कथनः यो विधायन र नजीर जस्तो कानुन होइन। यसले कानुन निर्माण कार्यमा सहयोग पु¥याएको हुन्छ। कानुन निर्माण गर्ने कार्यमा विद्धानका विचार, कथन, लेख सान्दर्भिक हुन्छन्।
व्यवस्थापिका निर्मित कानुनलाई किन अन्य कानुन भन्दा महत्वपूर्ण मानिन्छ?यसका निम्न कारणहरु छन्ः
- व्यवस्थापिका जनप्रतिनिधिमूलक संस्था हो, यसको मूलभूत कार्य कानुु निर्माण गर्नु हो, त्यसैले अन्य कानुन भन्दा महत्वपूर्ण मानिन्छ।
- व्यवस्थापिकाले संविधान पनि बनाउँदछ, जुन मूल कानुन हो, यो सबैले पालना गर्दपर्दछ, त्यसैले अन्य कानुन भन्दा महत्वपूर्ण मानिन्छ।
- व्यवस्थापिकाले ऐन पनि निर्माण गर्दछ। ऐनले दिएको अधिकार प्रयोग गरेर कार्यपालिकाले नियम निर्माण गर्दछ। कार्यपालिकालाई नियम निर्माण गर्न दिने अधिार व्यवस्थापिकामा रहने गर्दछ, त्यसैले अन्य कानुन भन्दा महत्वपूर्ण मानिन्छ।
- अदालतले बनाएको नजीरलाई व्यवस्थापिकाले संशोधन गर्ने, परिमार्जन गर्ने वा खारेज गर्ने अधिकार राख्दछ, त्यसैले अन्य कानुन भन्दा महत्वपूर्ण मानिन्छ।
0 comments:
Post a Comment