नेपालको आर्थिक विकासमा निजी क्षेत्रको कस्तो भूमिका रहेको छ? उल्लेख गर्नुहोस्।
आर्थिक विकास अर्थतन्त्रको समग्र विकास हो। आर्थिक वृद्धिदर उच्च, दिगो, फराकिलो, समावेशी तथा न्यायिक भएमा आर्थिक विकास हुन्छ। नेपालको संविधान (२०७२) को धारा ५१(घ)(१) मा सार्वजानिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति छ। विकास सहायता नीति, २०७१ ले निजी क्षेत्रलाई विकासको एक प्रमुख साझेदार स्वीकार गरेको अवस्था छ। चालु योजनामा मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूभिका प्रष्ट गरिएको छ र पनि नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका सन्तोषजनक भएको पाईँदैन। अस्थिर राजनीति, अस्थिर सरकार, अस्थिर नीति, लगानीको प्रतिकुल वातावरण, सरकार र लगानीकर्तावीच अविश्वास, कानुनी जटिलता, उर्जा संकट आदि जस्ता कारणले नेपालमा निजी क्षेत्र फस्टाउन सकेन, जसले गर्दा नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रभावकारी हुन सकेन। समग्रमा नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका निम्नअनुसार रह्योः
- वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व वृद्धि हुन सकेन,
- रोजगारी सृजना गर्ने कार्य प्रभावकारी भएन,
- निजी क्षेत्रवीच नियन्त्रण गर्ने कार्य कमजोर भयो,
- निर्यात वृद्धि हुन सकेन, आयात बढेर व्यापार घाटा उच्च रह्यो,
- मुलुकमा नयाँ प्रविधि भित्र्याउन सकिएको छैन,
- विदेशी मुद्रा आर्जन गर्ने कार्य प्रभावकारी भएको छैन,
0 comments:
Post a Comment