स्वयंकर निर्धारण प्रणाली
करदाताले आफूलाई लाग्ने कर आफैँ निर्धारण गरी आफैँले कर रकम राजस्व दाखिला गर्ने कार्य स्वयंकर निर्धारण प्रणाली हो। यस प्रणाली अन्तर्गत करदाताले आफ्नो कारोवारको आफँै अभिलेख राख्ने, आफैँ कर निर्धारण गर्ने, आफैँ कर जम्मा गर्ने, आय विविरण एवं कर विवरण कर कार्यलयमा आफैँ दखिला गर्ने जस्ता कार्य गर्दछन्। नेपालको कर प्रणाली यही मान्यतामा आधारित छ।
यसबाट निम्न फइदा हुन्छः
- करदाताको वास्तविक कारोवारको अवस्था करदातालाई मात्र जानकारी हुँदा कर निर्धारणमा उसलाई जिम्मेवार र जवाफदेही बनाउन सजिलो हुन्छ,
- करदाताले स्वतस्फूर्तरुपमा नियमित कर रकम सरकारलाई बुझाउँदछ,्यसले कर प्रशासनको खर्चमा कमी ल्याउँछ,
- करदातावाट कर कानुनको पालना हुन जान्छ,
- कर चुहावट नियन्त्रणमा सहयोग गर्दछ।
स्वयंकर निर्धारण प्रणाली अन्तर्गत नेपालमा व्यवस्था
स्वयंकर निर्धारण प्रणाली मूलतः करदाताले आफूलाई लाग्ने कर आफैँ निर्धारण गरी आफैँले कर रकम दाखिला गर्ने कार्य हो। नेपालको कर प्रणाली यही सिद्धान्तमा आधारित छ। यस अन्तर्गत नेपालमा निम्न करमा निम्न व्यवस्था छः
आय कर र मूल्य अभिवृद्धि करमा व्यवस्थाः
यी दुवै करमा करदाताले आफ्नो कारोवारको आफैँ अभिलेख राख्ने, आफैँ कर निर्धारण गर्ने, आफैँ कर जम्मा गर्ने, आय विविरण एवं कर विवरण कर कार्यलयमा आफैँ दखिला गर्ने जस्तो व्यवस्था छ।
अन्तः शुल्कमा व्यवस्थाः
यसमा खासगरी २ वटा व्यवस्था छ। एउटा भौतिक नियन्त्रण प्रणली र अर्को स्वयं निष्कासन प्रणली। मदिराजन्य र सूर्तिजन्य वस्तुमा भौतिक नियन्त्रण प्रणली लागू छ, जसमा कर प्रशासनको प्रत्यक्ष रेखदेख र नियन्त्रण हुन्छ। कर प्रशासनको अनुमति विना वस्तु निष्कासन गर्न पाईदैनन्।
0 comments:
Post a Comment