Thursday, September 14, 2017

// // Leave a Comment

समावेशीकरण र सकारात्मक विभेद बीचमा रहेका समानता र भिन्नतालाई बुँदागत रुपमा उल्लेख गर्नुहोस्।


समावेशीकरण र सकारात्मक विभेद बीचमा रहेका समानता र भिन्नतालाई बुँदागत रुपमा उल्लेख गर्नुहोस्।
समावेशीकरण सबैको सक्रिय सहभागिता हो। सकारात्मक विभेद लक्षित वर्गलाई सहज प्रवेश गराउन गरिने केही फरक लचिलो व्यवस्था हो। यी दुईको बीचमा रहेका समानतार भिन्नतालाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

समानता
१. दुवैले राज्य संचालनमा सहभागिताको वकालत गर्दछन्। दुवैले पहिचान, प्रतिनिधित्व र पहुँचको मान्यता राख्दछन्।
२. दुवैले सामानिक न्याय कायम गर्न मद्दत गर्दछन्।
३. दुवैले साधन स्रोत र अवसरको समान वितरण गर्ने कार्यमा सहयोग गर्दछन्।
४. दुवैको लक्षित वर्ग, क्षेत्र एवं आधार एउटै हुन सक्दछन्।
५. नेपालका यी दुवैलाई अवलम्बन गरिएको पाइन्छ।

भिन्नता
समावेशीकरण
१. सरोकारवाला सवैको सक्रिय सहभागिता समावेशीकरण हो।  
२. यसले लक्षित वर्गको सार्थक सहभागिताको सुनिश्चित गर्न सक्दैनन्।
३. सकारात्मक र नकारात्मक दुवै आधारणामा आधारित।

४. संख्यात्मक र गुणात्मक पक्षमा जोड।

सकारात्मक विभेद
१. लक्षित वर्गको सहज प्रवेशका लागि गर्ने केही फरक लचिलो व्यवस्था सकारात्मक विभेद हो।
२. यसले लक्षित वर्गको सार्थक सहभागिताको सुनिश्चित गर्दछ।
३. सकारात्मक अवधारणामा आधारित
४. गुणात्मक पक्षमा जोड।

If You Enjoyed This, Share this article with your Friends

New Blogger Widget

0 comments:

Post a Comment