Saturday, September 23, 2017

// // Leave a Comment

कृषि विकास बैँक लिमिटेड - व्यवसाय सहायक पदको लिखित परिक्षाको प्रश्नपत्र – २०७२

कृषि विकास बैँक लिमिटेड
व्यवसाय सहायक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परिक्षाको प्रश्नपत्र – २०७२
विषयः दिद्धीय पत्र (सेवा सम्बन्धी)                                    पूर्णाङ्क ः १००


खण्ड क

तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस्
१) बैँक नगदी किताब र पास बुकको मौज्दातमा (Balance) फरक पार्ने कारणहरु के के हुन सक्दछन्? बुँदागत रुपमा उल्लेख गर्नुहोस्।

२) वासलात भनेको के हो? वासलातको सम्पत्ति र दायित्व तर्फ समाबेस हुने शीर्षकको संक्षेपमा उल्लेख गर्नुहोस्।

३) बजार प्रतिस्पर्धामा आफूलाई अग्रणी स्थानमा पु¥याउन कृषि विकास बैँकले बैकिङ सेवाहरुको बजारीकरणका लागि गरेका प्रयासहरुको बारेमा तपाईलाई के थाहा छ लेख्नुहोस्।

४) ग्राहक पहिचान (Know Your Customer) भन्नाले के बुझिन्छ? बित्रीय संस्थाको निमित्त ग्राहक पहिचान गर्ने आधारहरु के के हुन सक्दछन्?

५) कुनै पनि उत्पादनशील आयोजनामा गरिएको लगानीको मूल्याङ्कन गर्ने तरीका (Evaluation Techniques of Investment Project) बारे छोटकरीमा उल्लेख गर्नुहोस्।

६) मुद्रास्फिती (Inflation) भनेको के हो? यसको नियन्त्रणका लागि के कस्ता मौद्रिक तथा वित्तीय उपायहरु अपनाउने गरिन्छ? उल्लेख गर्नुहोस्।

७) नेतृत्व भन्नाले के बुझिन्छ? कृषि विकास बैँकको बजार हिस्सा बढाउन नेतृत्वका अगाडी के कस्ता चुनौतिहरु रकोको देख्नुहुन्छ?

८) कम्प्युटरमा Input र Output Devices भन्नाले के बुझिन्छ? उदाहरण सहित व्याख्या गर्नुहोस्।

९) RAM को पूरा अर्थ के हो? यसले के काम गर्दछ।

१०) तलका शब्दहरुको पुरा रुप लेख्नुहोस्।
      A) ROM     B) VGA     C) NIC     D) ABC     E) LCD

खण्ड ख 

तलका प्रश्नहरुको लामो उत्तर दिनुहोस्
१) मुद्रा बजार तथा पूँजी बजारको संक्षिप्त परिचय दिनुहोस्। नेपालमा पूँजी बजारको संरचनको अवस्थाको बारेमा उल्लेख गर्दै बिधमान चुनौतिहरुका सम्बन्धमा बुँदागत रुपमा उल्लेख गर्नुहोस।

२) कृषि बिकास बैँक लि. को आन्तरीक जाँच, आन्तरिक नियन्त्रण र आन्तरिक लेखा परिक्षणलाई प्रभावकारी बनाउन के कस्ता सुधारको खाँचो देख्नुहुन्छ? सुझाव दिनुहोस्।

३) सम्पत्ति शुद्धिकरण अन्तर्गत के कस्ता कसुरजन्य कार्य पर्दछन्? सम्पत्ति शुद्धिकरण निवारणमा बैँक तथा वित्तीय संस्थाहश्रको दायित्व के हो? बुँदागत रुपमा उल्लेख गर्नुहोस।

४) संगठनात्मक लक्ष्य हासिल गर्न नेतृत्वद्धारा सम्पादन गर्नु पर्ने कार्यहरुको वारेमा चर्चा गर्नुहोस्। वर्तमान परिप्रेक्ष्यमा संगठनात्मक सफलता प्राप्त गर्न नेतृत्वले के कस्ता विषयमा ध्यान दिनुपर्ला? सुझाव दिनुहोस्।

५) वित्तीय विवरण विश्लेषण भन्नाले के बुझ्नुहुन्छ? स्पष्ट गर्नुहोस्। साथै वित्तीय विवरण विश्लेषणका विधिहरुको विस्तृत रुपमा उल्लेख गर्नुहोस्।

If You Enjoyed This, Share this article with your Friends

New Blogger Widget

0 comments:

Post a Comment