सामाजिक सुरक्षा भनेको के हो? नेपालमा सामाजिक सुरक्षा सम्बन्धी के कस्ता कार्यक्रमहरु संचालन गरिएका छन्? चर्चा गर्नुहोस्।
गरिब, बालबालिका, महिला, वृद्ध, अपांग, बेरोजगार र अन्य आवश्यक वर्गलाई प्रदान गर्ने सामाजिक सेवा सुविधालाई सामाजिक सुरक्षा भनिन्छ। सबै जनतालाई समान किसिमको सेवा, सुवित्रा र अवसरले सधैँ न्याय नगर्ने हुँदा विशेष समस्या, कठिनाइ एवं जोखिम भएका वर्गलाई विशेष प्राथमिकता र सहुलियतका साथ हेर्नु सामाजिक सुरक्षा हो । यसले जनताको सरकारप्रति विश्वार बढाउन, सामाजिक असमानता हटाउन, गरिबी घटाउन तथा न्यायपूर्ण समाज निर्माण गर्न मद्दत गर्दछ। यो राज्यले गर्ने संरक्षण हो। राज्यले मूलतः सार्वजानिक आय र व्यय माष्र्mत् सामाजिक सुरक्षा प्रदान गर्दछ।
नेपालमा सामाजिक सुरक्षा सम्बन्धी संचालन गरिएका कार्यक्रम
नेपालमा सामाजिक सुरक्षा सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालनका साथै सामाजिक सुरक्षाको अनुभूति दिलाउन संवैधानिक, कानुनी एवं संस्थागत व्यवस्था समेत गरिएको छ। जुन समग्रमा निम्न छन्ः
नेपालको संविधान (२०७२) मा भएको व्यवस्थाः
संविधानको भाग ३ मा धारा १६ देखि ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था, धारा ४३ मा सामानिक सुरक्षाको हकसम्बन्धी व्यवस्था गरी सो अन्तर्गत आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ।
त्यसैगरी संविधानमा रोजगारी, खाद्य, शिक्षा, स्वास्थ्य, आवास, महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलिको हकको व्यवस्था छ। संविधानका बाँकी अरु मौलिक हकमा पनि सामानिक सुरक्षाका विषयवस्तु समावेश गरिएका छन्। त्यसैगरी संविधानमा निर्देशक सिद्धान्तहरु धरा ५०, राज्यका नीतिहरु धारा ५१ त्था विभिन्न संवैधानिक आयोगहरु ज्स्तैः मानव अधिकार आयोग, दलित आयेग, महिला आयोग, समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग, मुस्लिम आयोगको गठन गरी सामानिक सुरक्षालाई थप महत्व र प्राथमिकता दिइएको पाइन्छ।
0 comments:
Post a Comment