नगरिक बडापत्र (Citizen Charter) को परिभाषा, महत्व, सिद्धान्त र विशेषताहरु
नगरिक बडापत्र
सार्वजानिह सेवा प्रदान गर्ने कार्यालयहरुले उपलब्ध गराउने सेवा, सपयावधि, जिम्मेवार कर्मचारी, पक्रिया, दस्तुर आदिको बारेमा उपभोक्तासँग गर्ने प्रतिबद्धतासम्बन्धी विवरण नै नागरिक बडापत्र हो
राज्यका तर्फबाट प्रदान गरिने सेवामा कुनै कमि नहोस् साथै सेवा प्रदान गर्ने राज्यका अधिकारी जवाफदेही बन्न सकुन् भन्ने उद्दयेश्यका साथ नागरिक बडापत्रको अवधारणा ल्याइएको हो।
विश्वमा नागरिक बडापत्रको सुरुवात सन् १९९१ म बेलायतबाट भएको हो।
नगरिक बडापत्रको महत्व
सेवाप्रदायक तथा सेवाग्राहीबीच सुमधुर सम्बन्ध स्थापित हुने
पारदर्शिता एवं जवाफदेहिता वृद्धि हुने हुँदा सुशासनमा सहयोग पुग्ने
सार्वजनिह सेवाको कार्यदक्षता तथा प्रभावकारिता वृद्धि हुने
नगरिक बडापात्रका सिद्धान्तहरु
सेवाको मापदण्ड
सूचना तथा खुलापन
सैहार्दता तथा सहयोगीपन
छनैट र परामर्श
गल्ति सुधार्ने परिपाटी
रकमअनुसारको मूल्य
नगरिक बडापात्रका विशेषताहरु
सेवाग्राहीलाई उपलब्ध गराइने सेवाको प्रकार, परिमाण, समय एवं जिम्मेवार व्यक्तिका बारेमा उल्लेख
सेवाको प्रकृति अनुरुप छुट्टाछुट्टै नगरिक बडापात्रको व्यवस्था
बडापात्र कार्यान्वयन अवस्था हेरी दण्ड तथा पुरस्कारको व्यवस्था
उजुरी गर्ने तथा सुन्ने निकायको व्यवस्था
सेवा प्रदान गर्ने निकाय वा व्यक्तिको ठेगाना
उपलब्धिको सूचकांक
निर्धारण गर्ने निर्देशक सिद्धान्तको उल्लेख
क्षतिपूर्तिको व्यवस्था हुन सक्ने
If You Enjoyed This, Share this article with your Friends
0 comments:
Post a Comment