सरकारी राज्य प्रणाली भन्दा बाहिर रहेर सरकारलाई जनताप्रति जिम्मेवार र जवाफदेही बनाउन सहयोग गर्ने स्वयंसेवी संस्था नागरिक समाज हो। समाजमा कमजो। वर्गको सशक्तीकरण गर्न तथा समग्र विकासमा प्रभावकारिता ल्याउन नागरिक समाजको बहुआयामिक भूमिका हुन्छ। नेपाल जस्तो गरिब, अस्थिर राजनीति, भष्टाचार, शिक्षा एवं सामानिक चेतनामा कमी तथा विकासमुखी संस्कार नभएको देशमा नागरिक समाजको भूमिका निम्नअनुसारको हुनुपर्छः
- जनमुखी कार्य गर्न सरकारलाई सजग गराउने,
- जनहित विपरीतका कार्यमा आवाज उठाउने,
- राजर्नतिक हस्तक्षेपमा नपरी भष्टाचार गर्ने सामाजिक बहिष्कार गर्ने,
- सहर केन्द्रित मात्र नभएर ग्रामीण केन्द्रित भई सशक्तरुपमा देश विकासमा सहयोग गर्ने,
- सरकारलाई जनताको अवस्था र जनतालाई सरकारको गतिविधिका बारेमा जनकारी दिने सूचना केन्द्रको रुपमा कार्य गर्ने,
- राष्ट्रिय सरोकारका विषयमा जनतालाई सचेत गराउने,
- साजनीतिबाट सदैव अलग र तटस्थ रहेर निष्पक्षरुपमा जनहितका कार्य गर्ने,
- समाजमा सामाजिक न्याय कायम गर्न आवाज उठाउने,
- कानुनको पालना गर्न गराउन सहयोग गर्ने,
- सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग गर्ने,
- मुलुकमा आर्थिक अनुुशासन कायम राख्न मद्दत गर्ने,
- छुवाछुत, महिला हिंसा जस्ता कार्य विरुद्धमा संघर्ष गर्ने,
- व्यक्तिगत, संस्थागत एवं दलगत स्वार्थभन्दा माथि उठेर पिछडिएको वर्ग, क्षेत्र, लिङ्गहरुको आवजलाई बुलन्द बनाउने,
- म्ुलुकको आर्थिक, सामाजिक, राजनैतिक, प्रशासनिक, न्याय लगायत जनसरोकारका विषयमा परिस्थिति र आवश्यकता अनुसार समन्वय, साझेदारी, मध्यस्थता, संघर्ष, वकालत, दवाव सृजना, सहकार्य, सचेत, सजग गराई सरकार र जनता दुवैलाई जिम्मेवार र जवाफदेही बनाउने,
0 comments:
Post a Comment