सरकारले सर्वसाधारण जनतालाई उपलब्ध गराउने सेवा सार्वजनिक सेवा हो। यहि सार्वजनिक सेवा सरकारको तर्फबाट जनताको घरदैलोसम्म पु¥याउने सबै राष्ट्रसेवक कर्मचारी सेवा प्रदायक हुन्। सार्वजनिक सेवा प्रवाहमा यी सेवाप्रदायकको भूमिका बहुआयामिक हुने गर्दछ। जसलाई निम्न बँुदाबाट उल्लेख गर्न सकिन्छः
- सरकारको प्रतिनिधिको रुपमा कार्य गरी सार्वजनिक सेवा सुविधा सहज, सुलभ एवं सरल तरिकाबाट जनताको घर दैलोसम्म पु¥याउने,
- सेवा प्रवाहमा निष्पक्षता कायम गर्ने,
- सेवा प्रवाहको कार्यमा प्रतिवद्ध भएर लाग्ने,
- मितव्ययिता कायम गरेर सेवा प्रवाह गर्ने,
- ऐन नियम पालना गरेर सेवा प्रवाह गर्ने,
- सेवा प्रवाहमार्फत् सरकार र जनताको सम्वन्ध थप सुदृढ गर्न मद्दत गर्ने,
- आधुनिक प्रविधिको प्रयोग गरेर सेवा प्रवाहलाई छिटो छरितो बनाउने,
- तोकिएको लागत र समयभित्र गुणस्तरयुक्त सेवा प्रवाह गर्ने,
- सेवा प्रवाहलाई व्यवस्थित गर्न नागरिक समाज एवं निजी क्षेत्रसँग समन्वय गर्ने,
- सेवा प्रवाहको अनुगमन र मूल्याङ्खन गरी सेवा प्रवाह कार्यमा थप सुधार गर्ने,
0 comments:
Post a Comment