नेपालमा कृषिको महत्व छोटकरीमा उल्लेख गर्नुहोस् ।
जमिन खनजोत गरी अन्नबाली, तरकारी तथा फलफूलको उत्पादन गर्नु कृषि हो। नेपाल एक कृषि प्रधान देश हो। यहाँका करिब ७४ प्रतिशत जनता कृषि पेशामा संलग्न छन्। कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनको झण्डै ३३ प्रतिशत ओगटेको छ। औसत नेपालीहरुका लागि कृषि एक परम्परागत व्यवसायह ो। नेपालका अधिकांश उद्योगधन्दा कृषिमा आधारित छन् र अधिकांश निर्यात पनि कृषिजन्य नै रहेको छ। यसबाट नेपालमा कृषिको महत्व प्रष्ट हुन्छ। यसको अरु महत्वलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छः
- खाद्यान्नको उत्पादन
- उद्योगका लागि कच्चा पदार्थको स्रोत
- औद्योगिक उत्पादनको उपयोग
- व्यापारमा सहयोग
- निर्यातको मुख्य स्रोत
- रोजगारीको आधार
- सम्पत्तिको मुख्य स्रोत
- अर्थतन्त्रको मेरुदण्ड
0 comments:
Post a Comment