केन्द्रिय सरकारका प्रमुख कार्यहरु उल्लेख गर्नुहोस्।
मूलुलको समग्र शासन सञ्चालन, रेखदेख एवं विकास व्यवस्थापन गर्ने, नीति नियम तर्जमा गर्ने, निर्देशन दिने, समन्वय गर्ने, अनुगमन र मूल्यांकन गर्ने केन्द्रियस्तरमा स्थापित सरकार केन्द्रिय सरकार हो। मुलुकको समग्र शान्ति सुरक्षा, प्रतिरक्षा, परराष्ट्र सम्बन्ध तथा राष्ट्रिय मामलामा निर्णय केन्द्रीय सरकारका प्रमुख कार्यक्षेत्र हुन्। समग्रमा केन्द्रीय सरकारका प्रमुख कार्यहरु निम्न छन्ः
- देशको रक्षा गर्ने, प्रतिरक्षा गर्ने,
- केन्द्रीय तहका नीति निर्माण गर्ने, उक्त नीति कार्यान्वयन गर्ने गराउने, नीति कार्यान्वयनमा समन्वय गर्ने,
- मातहतका सरकारवीच समन्वयय कायम गर्ने, नियन्त्रण गर्ने,
- मुलुकमा सन्तुलित विकास कायम गर्ने,
- परराष्ट्र सम्बन्धसम्वन्धी कार्य गर्ने,
- मुद्रा व्यवस्थापनको कार्य गर्ने,
- राजस्व व्यवस्थापनको कार्य गर्ने,
- अनुगमन र मूल्यांकनको कार्य गर्ने,
0 comments:
Post a Comment