Saturday, August 26, 2017

// // Leave a Comment

नेपालको आर्थिक विकासमा निजी क्षेत्रको कस्तो भूमिका रहेको छ? उल्लेख गर्नुहोस्।


नेपालको आर्थिक विकासमा निजी क्षेत्रको कस्तो भूमिका रहेको छ? उल्लेख गर्नुहोस्।
आर्थिक विकास अर्थतन्त्रको समग्र विकास हो। आर्थिक वृद्धिदर उच्च, दिगो, फराकिलो, समावेशी तथा न्यायिक भएमा आर्थिक विकास हुन्छ। नेपालको संविधान (२०७२) को धारा ५१(घ)(१) मा सार्वजानिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति छ। विकास सहायता नीति, २०७१ ले निजी क्षेत्रलाई विकासको एक प्रमुख साझेदार स्वीकार गरेको अवस्था छ। चालु योजनामा मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूभिका प्रष्ट गरिएको छ र पनि नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका सन्तोषजनक भएको पाईँदैन। अस्थिर राजनीति, अस्थिर सरकार, अस्थिर नीति, लगानीको प्रतिकुल वातावरण, सरकार र लगानीकर्तावीच अविश्वास, कानुनी जटिलता, उर्जा संकट आदि जस्ता कारणले नेपालमा निजी क्षेत्र फस्टाउन सकेन, जसले गर्दा नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रभावकारी हुन सकेन। समग्रमा नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका निम्नअनुसार रह्योः

  • वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व वृद्धि हुन सकेन,
  • रोजगारी सृजना गर्ने कार्य प्रभावकारी भएन,
  • निजी क्षेत्रवीच नियन्त्रण गर्ने कार्य कमजोर भयो,
  • निर्यात वृद्धि हुन सकेन, आयात बढेर व्यापार घाटा उच्च रह्यो,
  • मुलुकमा नयाँ प्रविधि भित्र्याउन सकिएको छैन,
  • विदेशी मुद्रा आर्जन गर्ने कार्य प्रभावकारी भएको छैन,
उपरोक्त अवस्था देखिए पनि शिक्षा, स्वास्थ्य, संचार, पर्यटन जस्ता क्षेत्रमा निजी क्षोत्रको भूमिका प्रभावकारी भएको पाइन्छ। मुलुकमा राजनीतिक स्थायित्व कायम गरी नीतिगत स्थिरता मार्फत लगानीको वातावरण तयार गरेर नेपालको समग्र आर्थिक विकासमा निजी क्षेत्रको भूमिका थप बढाउनु पर्ने देखिन्छ।


Read More
// // Leave a Comment

नेपालमा कृषिको महत्व छोटकरीमा उल्लेख गर्नुहोस्


नेपालमा कृषिको महत्व छोटकरीमा उल्लेख गर्नुहोस् ।
जमिन खनजोत गरी अन्नबाली, तरकारी तथा फलफूलको उत्पादन गर्नु कृषि हो। नेपाल एक कृषि प्रधान देश हो। यहाँका करिब ७४ प्रतिशत जनता कृषि पेशामा संलग्न छन्। कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनको झण्डै ३३ प्रतिशत ओगटेको छ। औसत नेपालीहरुका लागि कृषि एक परम्परागत व्यवसायह ो। नेपालका अधिकांश उद्योगधन्दा कृषिमा आधारित छन् र अधिकांश निर्यात पनि कृषिजन्य नै रहेको छ। यसबाट नेपालमा कृषिको महत्व प्रष्ट हुन्छ। यसको अरु महत्वलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छः

  • खाद्यान्नको उत्पादन
  • उद्योगका लागि कच्चा पदार्थको स्रोत
  • औद्योगिक उत्पादनको उपयोग
  • व्यापारमा सहयोग
  • निर्यातको मुख्य स्रोत
  • रोजगारीको आधार
  • सम्पत्तिको मुख्य स्रोत
  • अर्थतन्त्रको मेरुदण्ड


Read More
// // Leave a Comment

Assistant Computer Operator - PSC Exam Question 2074 New

1. Ctrl+J is used for ……….
A)   Align justify         B) Insert hyperlink       C) Search             D) Print

2. Which of the following is not available on the ruler of MS word screen?
A)   Tab stop box       B) Left indent      C) Right Indent    D) Center indent

3. What is gutter margin?
A)   Margin that is added to the left margin when printing
B)    Margin that is added to right margin when printing
C)    Margin that is added to the binding side of page when printing
D)   Margin that is added to the outside of the page when printing

4. ………is the ghosted text behind the content on the page
A)   Earmark     B) Watermark               C) Inkmark          D) Ghostmark

5. What is the portion of a document in which you set different page formatting options than rest of the document?
A)   Page           B) Document                C) Section            D) Page Setup

6. The shortcut key for the format painter is
A)   Ctrl+Shift+C         B) Alt+Ctrl+C       C) Alt+Shift+C      D) None

7. Which of the following is not a type of page margin?
A)   Left             B) Right                C) Center             D) Top

8. The dimension of A4 size paper is
A)   8.17"*11.69"               
B)    8.27"*11.96"
C)    8.27"*11.69"
D)   8.5"*11.69"

9. When you copy a formula in Excel, Excel
A)   Erase the original copy of the formula
B)    Adjust cell references in the newly copied formula
C)    Adjust absolute cell references
D)   Does out adjust relative cell refrences

10. NOT, AND, OR and XOR are
A)   Logical operators
B)    Arithmetic operator
C)    Relational operators
D)   Binary operators

Read More

Friday, August 25, 2017

// // Leave a Comment

सम्पत्ति शुद्धिकरणको अर्थ र परिभाषा


सम्पत्ति शुद्धिकरणको अर्थ र परिभाषा 
सम्पत्ति शुद्धिकरणको शाब्दिक अर्थ अवैध तरिकाले कमाएको सम्पत्तिलाई वैध सम्पत्ति सरह शुद्ध देखाउँदै राष्ट्रिय अर्थतन्त्रमा मिसाउनु हो। यस अन्र्तगत निम्न कार्य पर्दछन्ः

  • गैरकानुनी रुपमा आर्जित आय वा कालो धनलाई धोइ पखाली शुद्ध बनाउने कार्य, 
  • सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने वा छल्ने कार्य, 
  • सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, निसर्ग, स्वामित्व वा सो सम्पत्तिउपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने कार्य, 
  • कसुर गरी सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्ने


यो कार्य आफैँ अपराधको प्रमुख पक्ष नभई अन्य सम्बद्ध अपराध (Predicate Offence) को By Product को रुपमा रहने अपराध हो। Financial Action Task Force (एफ.ए.टी.एफ) ले सम्पत्ति शुद्धिकरणलाई अपराध जस्तो नराम्रो स्रोतबाट प्राप्त आम्दानीलाई छिपाउन गरिने प्रक्रिया भनी परिमाषित गरेको छ। सम्पत्ति शुद्धिकरणको औपचारिक परिभाषा गर्ने क्रममा National Institute of Justice, USA का अनुसार एक वा बढी वैकल्पिक तरिकाबाट वैध आर्जनमा परणत गर्ने प्रकृया नै सम्पत्ति शुद्धिकरण हो भनेको छ। त्यसै गरी Frank Schmalleger ले आफ्नो पुस्तक Criminology Today मा अवैध आर्जनलाई वैत्र आयको रुपमा स्वरुप बदल्ने प्रकृयालाई सम्पत्ति शुद्धिकरण मानेका छन्। Interpol को मतमा सम्पत्ति शुद्धिकरण त्यस्तो कार्य हो जसमा अवैध तरिकाबाट प्राप्त भएको धनको श्रोत लुकाइन्छ वा रुप परिवर्तन गरिन्छ।

Read More
// // Leave a Comment

नेपालको संविधान (२०७२) बमोजिम राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य के रहेको छ? उल्लेख गर्नुहोस्।


नेपालको संविधान (२०७२) बमोजिम राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य के रहेको छ? उल्लेख गर्नुहोस्।
नेपालको संविधान (२०७२) को धारा ५१ (२) बमोनिम राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य निम्न रहेको छः

  • धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने,
  • राष्ट्रिय गौरव, लोकतन्त्र, जनपक्षीयता, श्रमको सम्मान, उद्यमशीलता, अनुशासन, मर्यादा र सहिष्णुतामा आधारित सामाजिक सांस्कृतिक मूल्यहरुको विकास गर्ने,
  • सांंकृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने,
Read More
// // Leave a Comment

जिन्सी श्रेस्ता प्रणाली र जिन्सी श्रेस्ता प्रणालीका प्रमुख उद्देश्यहरु


जिन्सी श्रेस्ता प्रणाली भन्नाले के बुझ्नुहुन्छ? जिन्सी श्रेस्ता प्रणालीका प्रमुख उद्देश्यहरु के के हुन्? छोटकरीमा व्याख्या गर्नुहोस्।

जिन्सी मालसामानको आम्दानी, खर्च र बाँकिको यथार्थ अवस्था देखाउने स्रेस्तालाई जिन्सी स्रेस्ता प्रणाली भनिन्छ। जिन्सी स्रेस्ताले जिन्सी मालसामानको अभिलेख गरी प्रतिवेदन गर्दछ। आर्थिक कार्यविधि नियमावली, २०६४ अनुसार जिन्सी भन्नाले सजीव वा निर्जीव समस्त मालसामानलाई बुझाउँछ । स्रेस्ता भन्नाले कुनै वस्तु वा चिजको आम्दानी खर्च र बाँकी प्रष्टसँग देखिने गरी राखिएको अभिलेखलाई बुझाउँछ। यसरी कार्यलयमा जिन्सी मालसामान खरिद गर्न, त्यको संरक्षण गर्न, उचित प्रयोग गर्न । प्रतिवेदन गर्न गरिने व्यवस्थापकीय कार्यको अभिलेखलाई जिन्सी श्रेस्ता प्रणाली भनिन्छ।

जिन्सी श्रेस्ता प्रणालीका म्रमुख उद्देश्यहरु
जिन्सी मालसामानको आम्दानी, खर्च र बाँकीकाृ यथार्थ चित्रण गर्दै जिन्सी मालसमामानको कुहल सदुपयोग गर्नु जिन्सी स्रेस्ताको प्रमुख उद्देह्य हो।
यसका अरु उद्देह्यलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छः

- जिन्सी मालसमानको संरक्षण गर्नु,
- जिन्सी मालसामान अनावश्यक रुपमा खरिद हुन नदिनु,
- कार्यलयमा नियमित कार्यसंचालन गर्न मद्दत गर्नु,
- जिन्सी मालसामानको प्रयोगमा मितब्ययिता र पारदर्शिता कायम गर्नु,
- जिन्सी मालसामानको यथार्थ अवस्था दर्शाउनु,
- समग्रमा जिन्सी मालसामानको कुशल ब्यवस्थापन गर्नु, अभिलेख गर्नु, प्रतिवेदन गर्नु,

Read More

Thursday, August 24, 2017

// // Leave a Comment

केन्द्रिय सरकारका प्रमुख कार्यहरु



केन्द्रिय सरकारका प्रमुख कार्यहरु उल्लेख गर्नुहोस्।
मूलुलको समग्र शासन सञ्चालन, रेखदेख एवं विकास व्यवस्थापन गर्ने, नीति नियम तर्जमा गर्ने, निर्देशन दिने, समन्वय गर्ने, अनुगमन र मूल्यांकन गर्ने केन्द्रियस्तरमा स्थापित सरकार केन्द्रिय सरकार हो। मुलुकको समग्र शान्ति सुरक्षा, प्रतिरक्षा, परराष्ट्र सम्बन्ध तथा राष्ट्रिय मामलामा निर्णय केन्द्रीय सरकारका प्रमुख कार्यक्षेत्र हुन्। समग्रमा केन्द्रीय सरकारका प्रमुख कार्यहरु निम्न छन्ः

  • देशको रक्षा गर्ने, प्रतिरक्षा गर्ने,
  • केन्द्रीय तहका नीति निर्माण गर्ने, उक्त नीति कार्यान्वयन गर्ने गराउने, नीति कार्यान्वयनमा समन्वय गर्ने,
  • मातहतका सरकारवीच समन्वयय कायम गर्ने, नियन्त्रण गर्ने,
  • मुलुकमा सन्तुलित विकास कायम गर्ने,
  • परराष्ट्र सम्बन्धसम्वन्धी कार्य गर्ने,
  • मुद्रा व्यवस्थापनको कार्य गर्ने,
  • राजस्व व्यवस्थापनको कार्य गर्ने,
  • अनुगमन र मूल्यांकनको कार्य गर्ने,


Read More

Saturday, August 12, 2017

// // Leave a Comment

सरकारी बजेटका उद्देश्यहरु

सरकारी बजेटका उद्देश्यहरु उल्लेख गर्नुहोस्
सरकारको आय र व्ययको अनुमानित विवरण सरकारी बजेट हो। यो सरकारको नीति तथा कार्यक्रम हो। सरकारी आय र व्ययको व्यवस्थापन गरी सामानिक कल्याणका लागि साधनको वितरण गर्नु सरकारी बजेटको सर्वाेपरी उद्देश्य हो। यसका अरु उद्देश्य निम्न छन्ः
  • सरकारको कार्य एवं जिम्मेवारी तोक्नु,
  • रोजगारीका अवसरहरु सृजना गर्नु,
  • ऋार्थिक वृद्धि गर्नु, आर्थिक स्थिरता कायम गर्नु,
  • सामानिक न्याय कायम गर्न सहयोग गर्नु,
  • साधन स्रोतको अधिकतम परिचालन गर्नु,
  • ऋावधिक योजना कार्यान्वयन गर्नमा सहयोग गर्नु,

Read More
// // Leave a Comment

नेपालको सामाजिक सशक्तिकरण र विकासमा नागरिक समाजको भूमिका

नेपालको सामाजिक सशक्तिकरण र विकासमा नागरिक समाजको भूमिका कस्तो हुनुपर्छ? चर्चा गर्नुहोस्।
सरकारी राज्य प्रणाली भन्दा बाहिर रहेर सरकारलाई जनताप्रति जिम्मेवार र जवाफदेही बनाउन सहयोग गर्ने स्वयंसेवी संस्था नागरिक समाज हो। समाजमा कमजो। वर्गको सशक्तीकरण गर्न तथा समग्र विकासमा प्रभावकारिता ल्याउन नागरिक समाजको बहुआयामिक भूमिका हुन्छ। नेपाल जस्तो गरिब, अस्थिर राजनीति, भष्टाचार, शिक्षा एवं सामानिक चेतनामा कमी तथा विकासमुखी संस्कार नभएको देशमा नागरिक समाजको भूमिका निम्नअनुसारको हुनुपर्छः
  • जनमुखी कार्य गर्न सरकारलाई सजग गराउने,
  • जनहित विपरीतका कार्यमा आवाज उठाउने,
  • राजर्नतिक हस्तक्षेपमा नपरी भष्टाचार गर्ने सामाजिक बहिष्कार गर्ने,
  • सहर केन्द्रित मात्र नभएर ग्रामीण केन्द्रित भई सशक्तरुपमा देश विकासमा सहयोग गर्ने,
  • सरकारलाई जनताको अवस्था र जनतालाई सरकारको गतिविधिका बारेमा जनकारी दिने सूचना केन्द्रको रुपमा कार्य गर्ने,
  • राष्ट्रिय सरोकारका विषयमा जनतालाई सचेत गराउने,
  • साजनीतिबाट सदैव अलग र तटस्थ रहेर निष्पक्षरुपमा जनहितका कार्य गर्ने,
  • समाजमा सामाजिक न्याय कायम गर्न आवाज उठाउने,
  • कानुनको पालना गर्न गराउन सहयोग गर्ने,
  • सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सहयोग गर्ने,
  • मुलुकमा आर्थिक अनुुशासन कायम राख्न मद्दत गर्ने,
  • छुवाछुत, महिला हिंसा जस्ता कार्य विरुद्धमा संघर्ष गर्ने,
  • व्यक्तिगत, संस्थागत एवं दलगत स्वार्थभन्दा माथि उठेर पिछडिएको वर्ग, क्षेत्र, लिङ्गहरुको आवजलाई बुलन्द बनाउने,
  • म्ुलुकको आर्थिक, सामाजिक, राजनैतिक, प्रशासनिक, न्याय लगायत जनसरोकारका विषयमा परिस्थिति र आवश्यकता अनुसार समन्वय, साझेदारी, मध्यस्थता, संघर्ष, वकालत, दवाव सृजना, सहकार्य, सचेत, सजग गराई सरकार र जनता दुवैलाई जिम्मेवार र जवाफदेही बनाउने,

Read More
// // Leave a Comment

नेपालको निजामति सेवामा भएका विृत्ति विकास सम्बन्धी व्यवस्थाहरु

नेपालको निजामति सेवामा वृत्ति विकास सम्बन्धी कस्तो व्यवस्था छ? उल्लेख गर्नुहोस्।
पेशा, व्यवसाय, इलम, नोकरी आदि जस्तो कुनै काम वृत्ति हो। यही वृत्तिको सकारात्मक एवं गुणात्मक प्रगति उन्नति हुने कार्य वृत्ति विकास हो। नेपालको निजामति सेवामा निजामति सेवा ऐन, २०४९ तथा निजामति सेवा नियमावली, २०५० अनुसार वृत्ति विकास सम्बन्धी निम्नअनुसार व्यवस्था छः
  • सेवा, समुह, उपसमुहको व्यवस्था र सोही अनुसार सरुवा बढुवाको व्यवस्था,
  • सरुवाका आधार, बढुवाका आधार, रिक्त पदमा पदपूर्ति गर्ने प्रक्रिया, अवकाशका आधार जस्ता पक्ष कानुनबाट प्रष्ट गरिएको,
  • निजामति सेवाको रिक्त पदमा खुला प्रतियोगितात्मक परीक्षा, आन्तरिक प्रतियोगितात्मक परीक्षा, कार्यक्षमताको मूल्यांकन र कार्यसम्पादन तथा अनुभवको मूल्यांकनबाट हुने बढुवा समयोजनद्धारा पदपूर्ति गरिने व्यवस्था,
  • निजामती सेवालाई समावेशी बनाउन आरक्षणको व्यवस्था,
  • शैक्षिक योग्यता, तालिम र अनुभवको आधारमा पदस्थापन गर्ने व्यवस्था,
  • तलब भत्ता, उपदान, निवृत्तिभरणको व्यवस्था,
  • स्वदेश विदेशमा अध्ययन, तालिम, अध्ययन भ्रमण सम्वन्धी व्यवस्था,
  • सेवाको सुरक्षा, सेवा शर्तको सुरक्षा,
  • सजाय र पुरस्कार सम्वन्धी स्पष्ट कानुनी व्यवस्था,

Read More

Thursday, August 10, 2017

// // Leave a Comment

सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिकाहरु


सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिकाहरु
सरकारले सर्वसाधारण जनतालाई उपलब्ध गराउने सेवा सार्वजनिक सेवा हो। यहि सार्वजनिक सेवा सरकारको तर्फबाट जनताको घरदैलोसम्म पु¥याउने सबै राष्ट्रसेवक कर्मचारी सेवा प्रदायक हुन्। सार्वजनिक सेवा प्रवाहमा यी सेवाप्रदायकको भूमिका बहुआयामिक हुने गर्दछ। जसलाई निम्न बँुदाबाट उल्लेख गर्न सकिन्छः
  • सरकारको प्रतिनिधिको रुपमा कार्य गरी सार्वजनिक सेवा सुविधा सहज, सुलभ एवं सरल तरिकाबाट जनताको घर दैलोसम्म पु¥याउने,
  • सेवा प्रवाहमा निष्पक्षता कायम गर्ने,
  • सेवा प्रवाहको कार्यमा प्रतिवद्ध भएर लाग्ने,
  • मितव्ययिता कायम गरेर सेवा प्रवाह गर्ने,
  • ऐन नियम पालना गरेर सेवा प्रवाह गर्ने,
  • सेवा प्रवाहमार्फत् सरकार र जनताको सम्वन्ध थप सुदृढ गर्न मद्दत गर्ने,
  • आधुनिक प्रविधिको प्रयोग गरेर सेवा प्रवाहलाई छिटो छरितो बनाउने,
  • तोकिएको लागत र समयभित्र गुणस्तरयुक्त सेवा प्रवाह गर्ने,
  • सेवा प्रवाहलाई व्यवस्थित गर्न नागरिक समाज एवं निजी क्षेत्रसँग समन्वय गर्ने,
  • सेवा प्रवाहको अनुगमन र मूल्याङ्खन गरी सेवा प्रवाह कार्यमा थप सुधार गर्ने,

Read More
// // Leave a Comment

असल अभिलेख व्यवस्थापनमा हुनुपर्ने गुणहरु


असल अभिलेख व्यवस्थापनमा हुनुपर्ने गुणहरु
कार्यालयलाई भविश्यमा आवश्यक पर्ने कागजात तयार गर्ने, वर्गीकरण गर्ने, प्राथमिकीकरण गर्ने, प्रयोग गर्ने, भण्डारण गर्ने, संरक्षण गर्ने एवं अनावश्यक कागजात धुल्याउने सम्मका सम्पूर्ण कार्य अभिलेख व्यवस्थापन हो। यस्तो अभिलेख व्यवस्थापन सूचनामुलक, संक्षिप्त, सान्दर्भिक, अधावधिक, विश्वसनीय, प्रमाणिक एवं भरपर्दाे हुनुपर्दछ। व्यवस्थापनविद्हरुले असल अभिलेख व्यवस्थापनमा हुनुपर्ने गुणहरु प्हिचान गरी नाम दिएर सूत्रवद्ध गरेका छन्। सम्रगमा अभिलेख व्यवस्थापनमा निम्न गुणहरु हुनुपर्दछः



  • बृहत सूचना दिने तर संक्षिप्त,
  • कम खर्चिलो मितव्ययी,
  • सजिलै बुझिने,
  • समसामयिक अधावधिक गरिएको,
  • भविश्मा प्रमाणको रुपमा प्रस्तुत गर्न सकिने,
  • सहजै प्राप्त गर्न सकिने,
  • वर्गीकरण गरिएको,
  • सबै पक्षलाई समेटेको,
Record Management Tips





Read More

Wednesday, August 9, 2017

// // Leave a Comment

आशिकुडा (ASYCUDA) को परिभाषा, उद्देश्य तथा उपयोगीताहरु


आशिकुडा (ASYCUDA)
भन्सार प्रशासनमा प्रयोग गरिने कम्प्युटरलाई आशिकुडा भनिन्छ। वस्तवमा यो भन्सारमा प्रयोग गरिने एउटा सफ्टवेयर हो। यसको पूरा रुप हो। यो भन्सारमा मूलतः वस्तु वर्गीकरण, भन्सार मूल्यांकन, राजस्व संकलन एवम् तथ्यांक व्यवस्थापन जस्ता भन्सारका महत्वपूर्ण कार्यमा उपयोग गरिन्छ। नेपालमा हाल १८ भन्दा बढी भन्सार कार्यालयमा यो लागू छ।
आशिकुडाको उद्दयेश्हरु

निन्न उद्देश्य प्राप्तिका लागि आशिकुडा उपयोग गरिन्छः

  • निकासी पैठारी हुने मालवस्तुको वर्गीकरणलाई सहज एवम् सरल वनाई मालवस्तु जाँचपास कार्यलाई छिटो बनाउनु,
  • निकासी पैठारी हुने मालवस्तुको यर्थाथ दरवन्दी र मूल्य यकिन गर्न सहयोग गर्नु,
  • निकासी पैठारी हुने मालवस्तुको भरपर्दो तथ्यांकन राख्नु, तथ्यांक व्यवस्थापन गर्नु,
  • भन्सारमा हुने कार्य प्रणलीलाई सरल एवम् एकरुपता बनाउनु,
  • भन्सारमा हुने त्रुटी एवम् छलकपट रोक्नुु,
  • राजश्व चुहावट नियन्त्रणमा सहयोग गर्नु
  • परम्परागत भन्सार प्रशासनलाई आधुनिह भन्सार प्रशासनमा रुपान्तरण गर्नु,
  • घरमै बसेर Computer Online मार्फत भन्सारका कार्य गर्न सहज बनाउनु,
  • भन्सार विभाग र भन्सार कार्यलयबीच समन्वय (Networking) कायम गर्नु,
  • समग्रमा भन्सारले गर्ने प्रायः सबै कार्यलाई Computer मार्फत सम्पन्न गरी व्यवस्थित गर्नु,
 ASYCUDA

Read More

Tuesday, August 8, 2017

// // Leave a Comment

नगरिक बडापत्र (Citizen Charter) को परिभाषा, महत्व, सिद्धान्त र विशेषताहरु

नगरिक बडापत्र

  • सार्वजानिह सेवा प्रदान गर्ने कार्यालयहरुले उपलब्ध गराउने सेवा, सपयावधि, जिम्मेवार कर्मचारी, पक्रिया, दस्तुर आदिको बारेमा उपभोक्तासँग गर्ने प्रतिबद्धतासम्बन्धी विवरण नै नागरिक बडापत्र हो
  • राज्यका तर्फबाट प्रदान गरिने सेवामा कुनै कमि नहोस् साथै सेवा प्रदान गर्ने राज्यका अधिकारी जवाफदेही बन्न सकुन् भन्ने उद्दयेश्यका साथ नागरिक बडापत्रको अवधारणा ल्याइएको हो।
  • विश्वमा नागरिक बडापत्रको सुरुवात सन् १९९१ म बेलायतबाट भएको हो।
नगरिक बडापत्रको महत्व

  • सेवाप्रदायक तथा सेवाग्राहीबीच सुमधुर सम्बन्ध स्थापित हुने
  • पारदर्शिता एवं जवाफदेहिता वृद्धि हुने हुँदा सुशासनमा सहयोग पुग्ने
  • सार्वजनिह सेवाको कार्यदक्षता तथा प्रभावकारिता वृद्धि हुने
नगरिक बडापात्रका सिद्धान्तहरु
  1. सेवाको मापदण्ड
  2. सूचना तथा खुलापन
  3. सैहार्दता तथा सहयोगीपन
  4. छनैट र परामर्श
  5. गल्ति सुधार्ने परिपाटी
  6. रकमअनुसारको मूल्य
नगरिक बडापात्रका विशेषताहरु
  • सेवाग्राहीलाई उपलब्ध गराइने सेवाको प्रकार, परिमाण, समय एवं जिम्मेवार व्यक्तिका बारेमा उल्लेख 
  • सेवाको प्रकृति अनुरुप छुट्टाछुट्टै नगरिक बडापात्रको व्यवस्था
  • बडापात्र कार्यान्वयन अवस्था हेरी दण्ड तथा पुरस्कारको व्यवस्था
  • उजुरी गर्ने तथा सुन्ने निकायको व्यवस्था
  • सेवा प्रदान गर्ने निकाय वा व्यक्तिको ठेगाना
  • उपलब्धिको सूचकांक
  • निर्धारण गर्ने निर्देशक सिद्धान्तको उल्लेख
  • क्षतिपूर्तिको व्यवस्था हुन सक्ने

Read More